fbpx
corona information

गृहपृष्ठ पब्जी खेल्न हजुरबुवाको पेन्सन साफ

पब्जी खेल्न हजुरबुवाको पेन्सन साफ

युवाहरू रमाउँदा पब्जीले कमाउँदै

PUBG_NewsKarobar

भारतको पञ्जाब राज्यको मोहाली सहरका एक १५ वर्षे किशोरले पब्जी (प्लेयर्स अननोन ब्याटलग्राउन्ड) मोबाइल गेम खेल्नका लागि आफ्ना हजुरबुवाको पेटिएम खाताबाट २ लाख भारु खर्च गरेका छन् ।

ती किशोरले आफूले हजुरबुवाको पेन्सन रकम पब्जी मोबाइलका लागि रकम खर्च गरेको बताएका छन् । स्थानीय दैनिक ट्रिब्यून इन्डियाका अनुसार ती किशोरले गत जनवरीमा मात्र पब्जी खेल्न सुरु गरेका थिए भने उनलाई स्कूलका एक जना अग्रजले आफ्नो हजुरबुबाको बैंक खातामार्फत चलाखीपूर्वक भुक्तानी गर्न सिकाएको उनका काकाले बताएका छन् ।

पब्जी मोबाइलमा स्किन, क्रेट र अन्य गेममा आधारित वस्तु किन्नका लागि यूसी (अननोन क्यास) चाहिन्छ । यूसी किन्नका लागि पेटिएम, गुगल पे, मास्टर कार्डलगायतका माध्यमबाट भुक्तानी गरिन्छ ।

मोहालीका ती किशोरले दुई महिनामयतामात्रै ३० पटक यूसी किन्नका लागि हजुरबुवाको पेटिएम एकाउन्टबाट ५५ हजार भारु भुक्तानी गरेका थिए । हजुरबुबाको नाममा पेटिएम खाता बनाउन र त्यसका प्रमाणीकरण गर्नका लागि उनले हजुरबुबाको कागजात प्रयोग गरेका अनुसन्धानपछि खुलेको छ ।

हजुरबुबाको बैंक खाता विवरणमा नियमित जाँच गर्दामात्र परिवारले परिवारले यसरी किशोरले पब्जी खेल्न हजुरबुवाको पेन्सन साफ पारेको थाह पाएका थिए । सोधपुछका क्रममा किशोरले आफूले हालसम्म पब्जी मोबाइलमा २ लाख रुपैयाँ खर्च गरेको बताए ।

यसभन्दाअघि पनि पञ्जाबकै एक १७ वर्षे किशोरले आफ्ना अभिभावकको खाताबाट १७ लाख भारु पब्जी मोबाइलमा खर्च गरेको समाचार सार्वजनिक भएको थियो । उनका अभिभावकले त्यो रकम स्वास्थ्यजन्य संकटकालीन अवस्थाका लागि बचाएर राखेका थिए ।

पब्जी टिनएजर युवाहरूबीच लतकै रूपमा खेल्ने क्रम बढेको छ । टेन्सेन्ट गेम्सले विकसित यो ब्याटल रोयल मोबाइल गेमले यो वर्षका पहिलो ६ महिनाको विश्वव्यापी रूपमा अवधिमा आफ्नो आयमा व्यापक वृद्ध गरेको छ, हालसम्मको यसको कुल आय ३ अर्ब अमेरिकी डलर (करिब ३ खर्ब २० अर्ब रूपैयाँ) पुगेको छ ।

पब्जीले आफ्नो चिनियाँ संस्करण गेम फर पिससहित सन् २०२० मा मात्र कुल १ अर्ब ३० करोड अमेरिकी डलर कमाएको सेन्सर टाबरको हालैको एक प्रतिवेदनमा उल्लेख छ ।

कोभिड-१९ महामारी र विश्वका धेरैजसो देशमा अबलम्बन गरिएको लकडाउनका कारण मानिसकहरू घरमै बस्ने क्रमसँगै युवाहरूले यसको प्रयोग बढाएका कारण पब्जीको विश्वव्यापी आय बढेको हो । गत मार्चमा मात्र पब्जीले २७ करोड अमेरिकी डलर आम्दानी गरेको थियो । (स्रोतः ग्याजेट360)

प्रकाशित समय १२:११ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु