fbpx
corona information

गृहपृष्ठ सडकमै छरपस्ट फोहोर (तस्बिरहरु)

सडकमै छरपस्ट फोहोर (तस्बिरहरु)

विश्वले झेलिरहेको कोरोनाभाइरस (कोभिड- १९) महामारीबाट नेपाल पनि अछुतो छैन । नेपालमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । सर्वसाधारण मात्र होइन स्वास्थ्यकर्मी, प्रहरी, सेना, पत्रकारदेखि अत्यावश्यक सेवामा रहेका व्यक्तिहरु समेत संक्रमित भएका छन् । दिनानुदिन हरेक क्षेत्रका व्यक्तिहरुमा संक्रमण देखिन थालेपछि त्रास फैलिएको छ ।

फोहोर व्यवस्थापन गर्ने कर्मचारीमा पनि संक्रमण देखिएको छ । योसँगै फोहोर व्यवस्थापन कार्य प्रभावित बनेको छ । काठमाडौंका विभिन्न स्थानमा सडकमै फोहोर थुप्रिएका छन् । नुवाकोटको ओखरपौवास्थित डम्पिङ साइट क्षेत्रका स्थानीयका अवरोधका कारण पनि फोहोर संकलन नियमित हुन नसकेको काठमाडौं महानगरले बताएको छ । यसका साथै कोरोना महामारीतर्फ सबैको ध्यान गएका कारण पनि फोहोर व्यवस्थापन कार्य ओझेलमा परेको कतिपयको भनाइ छ ।

phohor

प्रकाशित समय १३:०३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु