fbpx
corona information

गृहपृष्ठ ‘कोरोनाभाइरस भागोस्’ भनी प्रार्थना गर्न तान्जानियाका राष्ट्रपतिको आग्रह

‘कोरोनाभाइरस भागोस्’ भनी प्रार्थना गर्न तान्जानियाका राष्ट्रपतिको आग्रह

अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले कोरोनाभाइरस भागोस् भनेर प्रार्थना गर्न जनतालाई आग्रह गरेका छन् । राष्ट्रपतिले नै त्यस्ता कुरा गरेपछि तान्जानियाबासीले उनको आलोचना भइरहेको छ ।

मागुफुलीले चातोमा आयोजित एक समारोहमा कोरोनाभाइरस परीक्षणका क्रममा प्राविधिक त्रुटि भएको पनि बताएका छन् । राष्ट्रपतिले परीक्षण किटको गुणस्तर नाप्नका लागि तान्जानियाका सुरक्षाफौजलाई आदेश दिएका छन् । किटबाट मानिसबाहेकको नमुना लिने क्रममा सीताफल, बाख्रो र भेडोको पनि नमूना लिइएको र उनीहरूको रिपोर्ट पोजेटिभ आएपछि किटप्रति आशंका बढेको छ ।

यससँगै कोरोना संक्रमित नरहेका मानिसलाई पनि किटले संक्रमित भनी देखाएको हुनसक्ने सम्भावना बढेको छ । मागुफुलीले माडागास्करमा कोरोनाभाइरस निको पार्ने भनिएको जडीबुटी चिया पनि मगाउने निर्णय गरेको जानकारी दिएका थिए ।

प्रकाशित समय १६:२३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु