fbpx
Nepal Mediciti

गृहपृष्ठ सुनको कमोट चोरी, एकजना गिरफ्तार

सुनको कमोट चोरी, एकजना गिरफ्तार

१८ क्यारेट सुनबाट बनाइएको कमोट अक्सफोर्डसायर के ब्लेनहेम दरबारबाट चोरी भयो । थेम्स बेली प्रहरीका अनुसार एक ग्याङ अक्सफोर्डसायरमा अवस्थित यस दरबारमा घुसेर यो कलाकृति चोरेछ ।

इटलीका कलाकार मौरिजियो क्याटलन यो कमोट बनाएका थिए । बिहीबार यस दरबारमा प्रदर्शनी आयोजना गरिएको थियो । प्रदर्शनीको मुख्य आकर्षण यही कमोट थियो ।

यही कमोटको उपयोग गर्न दर्शकहरूलाई आमन्त्रण गरिएको थियो । कमोट चोरीको अभियोगमा एक ६६ वर्षीय व्यक्तिलाई गिरफ्तार गरिए पनि सामग्री भने फेला परेको छैन ।

कमोट चोरी भएपछि पानी भरिएर दरबारको त्यस भागको सुन्दरता पनि बिग्रेको प्रहरीले बताएको छ ।  बेलायती प्रधानमन्त्री सर विन्स्टन चर्चिलको जन्मभूमि १८ औं शताब्दीको ब्लेनहेम प्यालेस विश्वकै एक विरासत स्थल हो । अहिले अनुसन्धान चलेकाले प्रदर्शनी स्थगित गरिएको छ ।

ड्युक अफ मोलबोराका सौतेला भाइ एडवर्ड स्पेन्सर चर्चिलले गत महिना कलाकृतिहरूको सुरक्षाका विषयमा निश्चिन्त रहेको बताएका थिए । यहाँबाट कुनै वस्तु चोर्नु सजिलो कुरा भने होइन ।

यहाँ अवलोकन भ्रमणमा आउनेका लागि तिन मिनेटका लागि राजगद्दीसमेत उपयोग गर्ने अनुमति थियो । डिटेक्टिभ इन्स्पेक्टर जेस मिलनले प्रदर्शनीमा राखिएको सुनबाट निर्मित बहुमूल्य कलाकृति चोरी भएको प्रतिक्रिया दिएका छन् । उनले चोरले दुई सवारी साधन प्रयोग गरेको पनि आशंका गरेका छन् । (बिबिसी)

प्रकाशित समय १२:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु