fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ हिरासतमा टिभी हेर्ने सुविधा !

हिरासतमा टिभी हेर्ने सुविधा !

इलाका प्रहरी कार्यालय मेचीनगरपालिका–६ अनारमनीको हिरासतमा रहेका किरण कार्की ढोलीको रहस्यमय मृत्यु भएपछि प्रहरीले हिरासत कक्षलाई अहिले प्रविधिमैत्री बनाएको छ ।

गत वैशाखमा मेचीनगरपालिका–६ घर भएका १५ वर्षीय किशोरको शौचालयमा झुन्डिएको अवस्थामा शव फेला परेपछि प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीको हिरासत कक्षलाई प्रविधिमैत्री बनाएको हो । प्रहरीले अहिले हिरासत कक्षभित्र सिसी क्यामेरा जडान गरेको छ भने हिरासतमा रहेका थुनुवाका लागि मनोरञ्जन प्रदान गर्न टेलिभिजनको समेत व्यवस्था गरेको छ ।

हिरासत सुरक्षा योजनाअन्तर्गत हिरासत कक्षभित्र पार्केटिङ गर्न लागिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षम मोहन थापाले बताए ।

हिरासत कक्षमा रहेका थुनुवालाई मनोरञ्जन प्रदान गर्न हलेसी ट्रेड लिंक बिर्तामोडका सञ्चालक चूडामणि पौडेलले टेलिभिजन सेट उपलब्ध गराएसँगै इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका थुनुवाले अब टेलिभिजन हेर्न पाउने भएका हुन् ।

प्रकाशित समय १४:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु