fbpx
Nepal Mediciti

गृहपृष्ठ जंगलको हरिण जेलमा घुसेपछि…

जंगलको हरिण जेलमा घुसेपछि…

भारत मध्यप्रदेशको श्योपुर जिल्लामा अवस्थित जेलमा बन्दीहरूसँग परिवारका सदस्यको भेटघाट चल्दै गर्दा एउटा हरिण बेगसँग दौडँदै जेलमा घुस्यो । त्यहाँ जम्मा भएका मानिस सबै आत्तिए ।

प्रहरीका अनुसार टोंक-चिरगाउँ राष्ट्रिय राजमार्गको इको सेन्टरमा अवस्थित जिल्लाको जेलमा शनिबार बन्दीका आफन्तजन जेलको गेटमा उनीहरूसँग कुराकानी गर्दैको समयमा कुकुरको समूहबाट बच्न उक्त हरिण तीव्र गतिमा जेलभित्र पस्यो । जेलभित्र छिरेपछि पनि हरिण यताउता दगुर्न छोडेन । यो देखेर कसैलाई अश्चर्य र कसैलाई डर लाग्यो । कसैले चिच्याएर कोलाहल मच्चाए । यसपछि जेलका प्रहरी र अन्य युवा जम्मा भए ।

भारतीय अनलाइन वेबदुनियाका अनुसार केही समयपछि वनका कर्मचारीहरू आएर हरिणलाई समाते । समातेपछि हरिणलाई गाडीमा हालेर लगे । जेलनजिकै वन क्षेत्र हुनाले उक्त हरिण त्यहाँ आएको थियो ।

प्रकाशित समय १५:१४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु