fbpx

गृहपृष्ठ आज राति १२ बजेपछि उल्कापात देखिने

आज राति १२ बजेपछि उल्कापात देखिने

मौसम सफा रहेमा आइतबार (२८ जुलाई) मा तारा झरेको देख्ने अवसर मिल्नेछ । आज राति १२ बजेपछि उल्कापात राम्ररी हेर्न मिल्ने भारतीय अनलाइन अमरउजालाले लेखेको छ । यो उल्कालाई डेल्टा एक्वेरिड नाम दिइएको छ । आज राति १२ बजेपछि बिहानैसम्म अन्य दिनभन्दा बढी उल्कापात देख्न पाइने वैज्ञानिकहरूले जनाएका छन् ।

यो समय कृष्णपक्ष र औंसीको नजिक हुनाले चन्द्रमाको प्रकाश रहँदैन । चन्द्रमाको प्रकाश कम वा नभएको समयमा मात्र उल्कापात स्पष्टसँग देखिने हुन्छ । उल्का एक्वेरियम नक्षत्रको दिशाबाट आएको देखिन्छ । इसमें मार्सडेन र क्य्राब धूमकेतुहरूका कण वायुमण्डलमा प्रवेश गरेपछि घर्षण हुँदा प्रज्ज्वलित भई उल्कापात भएको जस्तो देखिन्छ ।

खगोल वैज्ञानिक डा. अनिल पाण्डेका अनुसार उल्कापात १२ जुलाईदेखि नै सुरू भइसकेको छ । यो क्रम २३ अगस्तसम्म रहन्छ । यसबिचमा २८ जुलाईको राति सबैभन्दा बढी उल्कापात देख्न सकिन्छ । वैज्ञानिकहरूका अनुसार हिजोआज पर्सिड उल्कापात पनि जारी छ । यसको अवधि १७ जुलाईदेखि २४ अगस्तसम्म हो । पर्सिड उल्कापात १२ अगस्तमा सर्वाधिक देखिन्छ । त्यति बेला शुक्ल पक्ष त्यो पनि पूर्णिमाको नजिक पर्नाले राम्ररी देखिँदैन ।

प्रकाशित समय १६:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु