fbpx
Nepal Mediciti

गृहपृष्ठ एलोवेरा हर्बल स्याम्पु बनाउने सरल विधि

एलोवेरा हर्बल स्याम्पु बनाउने सरल विधि

हिजोआज घरेलु प्रविधिबाट बनाइएका वस्तुको प्रयोगलाई प्राथमिकता दिन थालिएको छ । प्राकृति वस्तु उपयोग गरेर घरेलु रूपमा बनाइएका साबुन, क्रिम, फेसवास उपयोगमा ल्याउने चाहना सबैमा बढ्दो छ । प्राकृतिक अथवा हर्बल स्याम्पुलाई मानिसले खुब प्राथमिकता दिन थालेका छन् । इच्छा भए घरमा सजिलै हर्बल स्याम्पु बनाउन सकिन्छ ।

एलोवेरा स्याम्पु बनाउन एक चम्चा एलोवेरा जेल वा आधा कप एलोवेरा पातको गुदी अथवा एलोवेरा पेस्ट र दुई चम्चा सामान्य स्याम्पु आवश्यक पर्छ । सबै वस्तु जम्मा गरेपछि एलोवेरा जेल र स्याम्पुलाई एक कप पानीमा मिसाएर एक घण्टा राखिदिनुपर्छ । एक घण्टा जतिमा पेस्ट उपयोगका लागि तयार भइसक्छ । यसलाई स्याम्पुकै रूपमा कपालमा लगाउन सकिन्छ । यो स्याम्पुले धुँदा कपाल आकर्षक देखिन्छ ।

यो पेस्ट कपालको जरादेखि लगाउँदै टुप्पासम्म पु-याएर कन्डिसनर लगाए झैं एकछिन सुक्न दिनुपर्छ । त्यसपछि कपाल सफा पानीले पखाल्नुपर्छ । एलोवेराले कपालमा राम्रो कन्डिसनरको काम पनि गर्छ । यसको प्रयोगले कपाल चम्किलो र नरम बन्छ ।

प्रकाशित समय १६:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु