fbpx
Nepal Mediciti

गृहपृष्ठ सावधान ! तपाईँसँग नक्कली नोट त छैन ?

सावधान ! तपाईँसँग नक्कली नोट त छैन ?

तपाईँलाई कसैले नक्कली नोट त दिएको छैन ? ख्याल गर्नुस्, फस्नुहोला । झट्ट हेर्दा नक्कली नोट पहिचान गर्न नसके पनि केही कुरा ख्याल गर्नुभयो भने तपाईँले पहिलो नजरमै नक्कली र सक्कली नोट छुट्याउन सक्नुहुन्छ । झट्ट हेर्दा सक्कली जस्तै देखिने हजार, ५ सय र सयका नोट बढीमात्रामा बजार आउने गरेको छ ।

नेपाल राष्ट्र बैंकले नोट छुट्याउन सहज होस् भनेर बेला–बेला जानकारीमूलक सूचना प्रकाशित गर्छ । तर, हरेक व्यक्तिसामु सूचना पुगेकै हुन्छ भन्ने छैन । त्यसैले, अझै पनि कयौं व्यक्ति सक्कली भनेर नक्कली नोटमा फस्ने गरेका छन्

कसरी चिन्ने त नक्कली नोट ?
१. नोटलाई उज्यालो प्रकाशतर्फ फर्काएर वा लाइटको मद्धतले प्रकाश पारि हेर्दा नोटको पानि छापमा लालिगुँरासको आकृति देखिन्छ । र यो नोटको दुवै तर्फबाट उस्तै आकृति देखिन्छ ।

२. नेपाल राष्ट्र बैंकको केही अंश नोटको अग्रभागमा र बैंकको बाँकी अंश नोटको पृष्ठ भागमा एकै चोटि देखिने गरि लेखिएको हुन्छ ।

३. सुरक्षण धागोमा नेपाल राष्ट्र बैंक, जनवार वा पंक्षीको आकृति र रकम क्रमश उल्लेख गरिएको हुन्छ ।

४. नोटको अग्रभागमा प्रिन्ट गरिएको ‘श्री नेपाल राष्ट्र बैंक’ तथा नेपाल सरकारको जमानत प्राप्त भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट उल्लेखित रकम तुरुन्त पाइनेछ । भनेर लेखिएको हुनेछ ।

५. उक्त प्रिन्ट गरिएको स्थान अन्यभन्दा अलि उचालिएको हुन्छ जस्ले गर्दा दृष्टिविहीनले पनि सजिलै छुट्याउन सक्छन् । यस भागमा हजारको नोटमा कुबेर, ५०० मा भगवतिको र सय रुपैयाँमा मायादेवीको आकृति छ यो दृष्टिविहीनले समेत छामेर चिन्न सक्दछन् ।

माथिका बुँदामा उल्लेखित कुरा नोटमा छैनन् भने ढुक्क हुनुस्, तपाईँ ठगिनुभयो ।

प्रकाशित समय ११:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु