fbpx
Nepal Mediciti

गृहपृष्ठ दुई प्रेमिकाबाट तीन छोराछोरी जन्मिएपछि बल्ल बिहे

दुई प्रेमिकाबाट तीन छोराछोरी जन्मिएपछि बल्ल बिहे

wedding_card-newskarobar

भारतमा एक रिक्साचालकले दुईवटी प्रेमिकाबाट तीन छोराछोरी जन्मिएपछि बिहे गर्ने भएका छन् । भारतको गुजरात पालघरका रिक्सा चालक सञ्जय धागडाले अर्को सोमबार दुवै प्रेमिकासँग बिहे गर्ने भएका हुन् । बच्चाहरूलाई नाजायज भनी अरूले गिल्ला नगरून् भनेर बिहा गर्न लागेको सञ्जयको प्रतिक्रिया छ ।

सञ्जयका दुई प्रेमिकामध्ये एउटी वापीस्थित कम्पनीमा काम गर्छिन् भने अर्की गृहिणी हुन् । सञ्जयको १० वर्षअघि पहिलो प्रेमिका बेबीसँग भेट भएको हो । प्रेम गर्न थालेपछि बिहे नगरिकनै उनीहरू सँगै बस्न थाले । अर्को वर्ष उनले वापीस्थित एक कम्पनीमा जागिर खाने स्कुल बेलाकी साथी रिनासँग प्रेम गर्न थाले ।

रहँदै बस्दै जाँदा बेबी र रिना दुवैबाट तीन छोराछोरी जन्मिए । बच्चाहरू ठूला भएपछि उनीहरू तीनै जनाले विवाहको निर्णय गरेका हुन् । बेहुली बन्न पाउँदा दुवै प्रेमिका दंग छन् ।

पालघर क्षेत्रका लागि एक पुरूषले दुई महिलासँग बिहे गर्नु सामान्य हो । बिहेअघि नै बच्चा हुनलाई पनि सामान्य मानिने प्रहरीले जनाएको छ ।

प्रकाशित समय १६:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु