fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ पश्चिम सेती परियोजना : अभियन्ता र देउवाबीच छलफल, संसदमा आवाज उठाउन आग्रह

पश्चिम सेती परियोजना : अभियन्ता र देउवाबीच छलफल, संसदमा आवाज उठाउन आग्रह

देउवालाई बुझाइयो अनुरोधपत्र

पश्चिम सेती जलविद्युत् परियोजनालाई छिटो बनाउन माग गर्दै अभियान चलाइरहेका अभियन्ताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार भेट गरेका छन् ।

काठमाडौंकेन्द्रित अभियान चलाइरहेको ‘बोलन्या थली धनगढी’का अभियन्ताहरूले पश्चिम सेतीका लागि संसदमा आवाज उठाउन सभापति देउवासँग आग्रह गरेका छन् ।

सुदूरपश्चिमबाट उदाएर केन्द्रीय राजनीतिमा सक्रिय रहेका देउवालाई भेटेर पश्चिम सेतीबारे आवाज उठाउन माग गरिएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए । उनका अनुसार भेटमा देउवालाई अनुरोधपत्र समेत बुझाइएको छ ।

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ ।

पश्चिम सेतीको अन्योलका कारण स्थानीय गाउँहरू विकासबाट वञ्चित रहेको गुनासो गरिएको छ ।

प्रकाशित समय १५:४० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु