fbpx

गृहपृष्ठ कार्यालय सहयोगी कुटेकाे आरोपमा वडाध्यक्ष पक्राउ

कार्यालय सहयोगी कुटेकाे आरोपमा वडाध्यक्ष पक्राउ

arrest_पक्राउ_news karobar

कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् । कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् ।

पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रमुख भट्टले जानकारी दिए । (रासस)

प्रकाशित समय १६:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु