fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ अपीपावरले ४० मेगावाटको माथिल्लो चमेलिया बनाउने

अपीपावरले ४० मेगावाटको माथिल्लो चमेलिया बनाउने

प्राधिकरणसँग विद्युत खरिद सम्झौता

अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेडमार्फत नयाँ आयाजनाको रुपमामा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण आगामी आर्थिक वर्षबाट सुरु गर्ने भएको छ ।

यो आयोजना अपिले निर्माण गर्ने तेस्रो आयोजना हो । यसभन्दा पहिले सोही क्षेत्रमा कम्पनीले क्रमश ८.५ मेवा क्षमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ बर्षदेखि राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दै आएको छ । आगमी चैत मसान्तभित्र ८ मेवा क्षमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुदैछ । उक्त आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । यस आयोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया बलाच १३२ केभी प्रसारण लाइनमा जोडिनेछ । यो आयोजनाबाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदाका दिनमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ । यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मेवा क्षमताको चमेलिया जलविद्युत आयोजनाभन्दा १८ किलोमिटर माथि रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३ मिटरको पेनिस्टक पाइपको सहायताले चमेलिया नदीको पानी फर्काई आयोजना निर्माण गरिनेछ ।

विद्युत खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ र अपि पावर कम्पनीका तर्फबाट कार्यकारी सञ्चालन सञ्जिव न्यौपानेले हस्ताक्षर गरेपछि।

माथिल्लो चमेलिया आयोजना निर्माण गर्न ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने २ अर्ब २२ करोड शेयरधनीको लगानी र बाँकी ५ अर्ब १८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरणमार्फत ऋण लगानी गरिनेछ । यो आयोजनाको निर्माण कार्य २०७६ मंसिरदेखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । सुदुर पश्चिमाञ्चल प्रदेशको आर्थिक विकासको मेरुदण्ड भनेको यहाँ रहेको अपार जलश्रोत हो । यहाँ उत्पादन हुने विद्युतशक्ति सहज ढंगले भारतिय बजारमा पठाउन सकिने आधारशिलाहरु उपलब्ध छन् ।

 

प्रकाशित समय १४:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु