fbpx
Nepal Mediciti

गृहपृष्ठ डोल्पामा टेलिफोन सेवा अवरुद्ध

डोल्पामा टेलिफोन सेवा अवरुद्ध

nepal-telecom-newskarobar

डोल्पामा टेलिफोन सेवा अवरुद्ध
मंगलबार रातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा विच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि रातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा सञ्चार प्रवाह हुँदै आएको थियो ।

सदरमुकाम दुनैबाट बिहानै प्राविधिकको टोली लइटी डाँडामा रहेको टावरमा आएको खराबी पत्ता लगाउने हिँडेको नेपाल टेलिकम डोल्पाले जनाएको छ । फोन सेवा अवरुद्ध हुँदा यहाँका सबै ठाउँमा सम्पर्क गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताए ।

टावर भएको स्थानमा पुग्न पाँच घण्टा लाग्ने भएकाले जतिसक्दो छिटो समस्या पत्ता लगाएर मर्मत गरिने टेलिकमले जनाएको छ । महिना दिनभित्र डोल्पामा दुई पटक टावरमा समस्या आएपछि फोन सेवा अवरुद्ध भइसकेको छ । (रासस)

प्रकाशित समय १३:१४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु