fbpx
Nepal Mediciti

गृहपृष्ठ सरकारलाई धन्यवाद दिँदै सकियो कर्णाली प्रदेशको हिउँदे अधिवेशन

सरकारलाई धन्यवाद दिँदै सकियो कर्णाली प्रदेशको हिउँदे अधिवेशन

karnali-state-newskarobar

प्राकृतिक प्रकोपपीडित जनतालाई राहत दिने प्रदेश सरकारको निर्णयको कर्णाली प्रदेशका सरकारले स्वागत गरेका छन् । कर्णाली प्रदेशसभाको बुधबार बसेको बैठकमा उनीहरुले मन्त्रिपरिषदबाट भएको निर्णय सराहनीय भएको बताएका हुन् ।

मंगलबार बसेको मन्पिरिषद बैठकले सुर्खेतका बाढीपीडित र असिनापीडित कृषकहरुलाई राहत दिने निर्णय गरेको थियो । प्रदेशसभा बैठकमा सांसद सीता नेपालीले भनिन्, ‘बल्ल सरकारले पीडितको पक्षमा निर्णय गरेको छ ।’ यस्तै सांसद मिनासिंह रखाल, सांसद पद्मा खड्का, अम्मरबहादुर थापालगायतका सांसदले बल्ल संघीयताको महशुस गरिएको बताए ।

बैठकको शून्य समयमा सांसद देवी ओलीले पत्रकारहरुका लागि क्षमता विकासका कुरामा समेत सरकारको ध्यान जानुपर्ने बताईन् । बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संसदमा पेश गरेको प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
त्यसअघि दफावार छलफलमा भाग लिँदै सत्ता पक्षका प्रमुख सचेतक गुलावजंग शाह र प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । बुधबारको बैठकबाट कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सकिएको छ ।

प्रकाशित समय २०:२८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु