fbpx
corona information

गृहपृष्ठ रुकुम चौरजहारी घटना : थप एक जनाको शव फेला

रुकुम चौरजहारी घटना : थप एक जनाको शव फेला

बेपत्ताको खोजी गर्दै सशस्त्रका गोताखोरहरू ।

चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदीमा हाम फालेर बेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ । योसहित अन्तर्जातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

चौरजहारी नगरपालिका- ८, सोतीका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका- ४ का १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेको हो ।

सञ्जुको शव छेडागाड नगरपालिका- १३ स्थित कालाभीरनजिक भेरी नदीको किनारमा फेला परेको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताए । नदी किनारमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीले खबर गरेका थिए ।

यसअघि बुधबार भेरी नगरपालिका- ११ का अन्दाजी २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो । ६ जनामध्ये दुई जनाको शव शनिबार नै फेला परेको थियो भने एक जनाको शव सोमबार फेला परेको थियो । एकै जना भने अझै बेपत्ता छन् ।

प्रकाशित समय १७:३५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु