fbpx
corona information

गृहपृष्ठ अन्नपूर्ण बेसक्याम्पको हिमपहिरोमा हराएका सातै जनाको शव फेला

अन्नपूर्ण बेसक्याम्पको हिमपहिरोमा हराएका सातै जनाको शव फेला

तस्बिर सौजन्य : आकाश गुरुङ

अन्नपूर्ण आधार शिविर (एबीसी) मा जाने क्रममा बेपत्ता भएका सात वटैको शव भेटिएको छ । उक्त सातै जनाको शव शुक्रबार नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको पहलमा भेटिएको हो ।

वेपत्ता भएकाहरुमध्ये एक नेपाली र एक कोरियन गरि थप २ जनाको शव फेला परेसँगै हराएका सबैको शव भेटिएको हो । हिमपहिरोमा वेपता भएकाहरुमध्ये ५ जनाको शव यसअघि नै फेला परेको थियो । गत माघ ३ गते कास्कीको अन्नपूर्ण आधार शिविर पदमार्गमा हिमपहिरोमा परि तीन नेपाली र चार कोरियन बेपत्ता भएका थिए ।

हिम पहिरोमा परी ज्यान गुमाउनेमा तीन नेपाली छिरिवाङ भोटे, सरोज परियार, मेन बहादुर तामाङ र कोरियन नागरिकहरु सुकजा के, फिल जोङ्ग, मिन सुएल, हिवाङसी रहेका छन् । उनीहरुको खोजी कार्यको लागि यस अघि आफ्ना कोरियन नागरिक खोज्न कोरियन राजदुतसहितको टोली पटक पटक अन्नपूर्ण पदमार्गमा क्षेत्रमा पुगेको थियो ।

प्रकाशित समय ०६:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु