fbpx
Nepal Mediciti

गृहपृष्ठ माइक्रोबाहेक पोखराका अधिकांश बस काउण्टर खुला

माइक्रोबाहेक पोखराका अधिकांश बस काउण्टर खुला

नेपालीहरुको महान पर्व दसैंको अवसरमा आज (एकादशी)सम्म यात्रुबाहक बसहरुको ‘क्यू फ्रि’ भए पनि पोखरामा माइक्रोबसबाहेक अधिकांश बस काउण्टर खुलेको छ ।

पोखरादेखि पूर्व र पश्चिमतर्फ तथा लामो दुरीमा चल्ने बसका लागि मुख्य तीनवटा काउण्टर खुला गरिएको हो । यात्रुहरुको मागलाई ध्यानमा राखी काउण्टर खुला गरिएको पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिका अध्यक्ष योगेन्द्र केसीले जानकारी दिए ।

अग्रिम टिकट लिएर यात्रा गर्दा यात्रुहरुका लागि आफूहरुले आवश्यकताअनुसार बसको व्यवस्था गर्ने अध्यक्ष केसीले बताए । उनले भने, ‘हामीसँग पर्याप्त यात्रुबाहक बसहरु छन् । दसैंको टीकाको दिनपछि खासै अग्रिम टिकट बुकिङ भएको छैन । यात्रुको चाप र माग भएमा हामीले स्तरीय बस उपलब्ध गराउन तयार छौँ ।’ दसैंको बिदामा आन्तरिक पर्यटकहरुको घुमघाम बढेसँगै यात्रुको चापसमेत बढेको अध्यक्ष केसीले बताए ।

पूर्वतर्फ जाने यात्रुहरु पोखराको पृथ्वीचोकस्थित कम्पनीको काउण्टरमा आज बिहानैदेखि लाइनमा बसेका थिए । दसैंको अवसरमा पोखराबाट एक लाखभन्दा बढी यात्रु पोखराबाट बाहिरिएका थिए । अब दसैंको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म एक लाख यात्रुहरु पुनः पोखरा फर्कन्छन् ।

क्षमताभन्दा बढी यात्रु बोकी यात्रा जोखिमपूर्ण भएमा, सरकारले तोकेकोभन्दा बढी भाडा लिएमा नजिकको प्रहरी तथा सम्बन्धित बस कम्पनीमा खबर गर्न प्रहरी र बस कम्पनीहरुले आव्हान गरेका छन् ।

प्रकाशित समय १३:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु