गृहपृष्ठ पोखराको विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो

पोखराको विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो

pokharama phulpati (1)

दसैंअन्तर्गत आज सप्तमी अर्थात् फूलपाती । पोखराको विन्ध्यवासिनी मन्दिरमा जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ । सरकारी तवरबाटै परम्परागत रुपमा मनाइँदै आएको यस पर्वमा यो वर्ष पनि विधिपूर्वक फूलपाती भित्र्याउने कार्य सम्पन्न भएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलअनुसार विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्र्याइएकोे हो । ‘परम्परादेखि चलिआएको विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याउने परम्परा यो वर्ष सम्पन्न भएको छ । र्यालीसहित तीनै सुरक्षा निकाय सहभागी थिए । सलामी दिने प्रचलनलाई पनि हामीले निरन्तरता दिएका छौं,’ उनले भने । आश्विन शुक्ल सप्तमीका दिन आज घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा फूलपाती भित्र्याइएको छ ।

परम्परादेखि नै विन्ध्यवासिनी मन्दिर र कास्कीको कास्कीकोटमा नेपाल सरकारकै तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपानी भित्र्याउने प्रचलन रहिआएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्य रामजीप्रसाद कोइरालाले बताए । गृह मन्त्रालयले पठाएको फूलपातीको साइतअनुसार यसपटक पनि सम्पूर्ण विधि सम्पन्न गरिएको उनले जानकारी दिए ।

पोखराको मानव अधिकार चोकबाट सुरु भएकोे फूलपाती सहितको र्याली भिमसेन मन्दिर, नालाकोमुख, मोहोरीयाटोल हुँदै मन्दिरमा पुगेर समापन भएको थियो ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु