fbpx
Nepal Mediciti

गृहपृष्ठ सामाजिक सञ्जालमा अपशब्द लेख्ने धमलाले माफी मागे

सामाजिक सञ्जालमा अपशब्द लेख्ने धमलाले माफी मागे

सामाजिक सञ्जालमा अपशब्द लेख्ने पोखरा राजचौतारा निवासी अखिल धमलाले माफी मागेका छन् । राष्ट्रिय समाचार समितिको समाचार अफ्नो अनलाइन पोर्टल पोखरा न्युज डटकममा पोस्ट गरी फेसबुकमा सेयर गरेका गणेश बराललाई अपशब्द प्रयोग गरेका धमलाले माफी मागेका हुन् ।

‘पोखरा वडा नम्बर १७ र २२ जोड्ने फुर्सेखोलामाथिको तुइन हटाइयो’ भन्ने समाचारमा जथाभावी अपशब्द पोस्ट गरेका धमलाले आफूले आवेशमा आएर समाचार नै नपढी कमेन्ट गरेर गल्ती गरेको भन्दै आत्मालोचनासहित माफि मागेका छन् । आगामी दिनमा यस्ता कार्य नदोहो-याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । बरालले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सत्य समाचारको बिषयमा अध्ययन नै नगरी व्यक्तिगत तथा पत्रकारिता पेसामाथि नै धावा बोल्ने काम भएको भन्दै बरालले उजुरी गरेका हुन् ।

प्रकाशित समय २०:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु