fbpx
Nepal Mediciti

गृहपृष्ठ वडा अध्यक्षबाटै थालनी, नातीलाई निजी स्कूलबाट निकालेर सरकारीमा भर्ना

वडा अध्यक्षबाटै थालनी, नातीलाई निजी स्कूलबाट निकालेर सरकारीमा भर्ना

पोखरा महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष रणबहादुर थापाले आफ्ना नाती प्रशन्न थापालाई बोर्डिङ स्कुलबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गराएका छन् । पोखराको मदरल्याण्ड बोर्डिङ स्कुलमा कक्षा ६ मा पढ्दै गरेका नातीलाई वडाअध्यक्ष थापाले घर नजिर्कको शान्त माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गराएका हुन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गराउनुपर्ने पक्षमा आफू रहेको र त्यसका लागि अन्य पहल पनि गर्ने वडा अध्यक्ष थापाले बताए । ‘सामुदायिक विद्यालयमा बिद्यार्थीहरुको सङख्या घट्दो रुपमा देखिएको छ,’ वडाअध्यक्ष थापाले भने, ‘हामीबाट सुरु भएमा अरुलाई पनि पाठ हुने र विद्यालयलाई राहत हुने मेरो विश्वास छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतप्रसाद तिमिल्सिनाले निजी विद्यालयबाट आफ्नो विद्यालयमा आउने बिद्यार्थीलाई हृदय देखि नै स्वागत गर्ने बताए । घरनजिकै रहेको सामुदायिक विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप राम्रो भएकाले छोरालाई सामुदायिक विद्यालयमा नाम लेखाएको प्रशन्नका बुबा शिव थापाले बताए । आफ्नो बुबाकै पहलमा निजी विद्यालयबाट निकालेर छोरा प्रशन्नलाई सामुदायिक विद्यालयमा भर्ना गरेको उनले बताए । शुक्रबार स्टेप वाई स्टेव स्कुलका राजिप थापा पनि उक्त सामुदायिक विद्यालयमा भर्ना गर्न पुगेका थिए । उनी कक्षा ८ मा भर्ना भएका हुन् ।

२०४९ सालमा स्थापना भएको विद्यालयमा हाल नर्सरीदेखि प्लस टुसम्म ३ सय ७६ जना विद्यार्थी अध्ययनरत छन् । गतवर्ष विद्यालयमा ३ सय ६१ जना विद्यार्थी थिए । यस वर्षबाट विद्यालयले पोखराको हल्लनचोकदेखि पामेसम्म स्कुल बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । विद्यालयमा हाल अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । भर्ना अभियान कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव दीननाथ बरालले सामुदायिक विद्यालय हाल संकटमा परेकोले त्यसको संरक्षणमा स्थानीयबासी सजग हुनुपर्नेमा जोड दिए ।

प्रकाशित समय १६:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु