fbpx
corona information

गृहपृष्ठ नवलपरासीमा केराले पाएन बजार

नवलपरासीमा केराले पाएन बजार

नवलपरासी (पश्चिम सुस्ता पश्चिम) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौँ पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म बजारीकरणका लागि केरा पुर्‍याउन निकै समस्या भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको दक्षिणी भेग विशेष गरी केरा खेतीका लागि उपयुक्त मानिन्छ । बन्दाबन्दीमा नेपाल सरकारले कृषि उपजलाई सहजै बजारीकरणका व्यवस्था भएको जनाए पनि बजारीकरणमा समस्या देखिएको केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष लख्खु यादव बताउँछन् ।

स्थानीय बजारमा सामान्य मात्रामा केरा बिक्री हुँदै आए पनि ठूला शहर बजारसम्म केरा पुग्न नसकेको प्रतापपुर –५ कठहवामा २० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका किसान मोतीलाल कोइरीको भनाइ छ । ऋण लिएर खेती गर्दै आएका किसानलाई केरा बिक्री नहुँदा झन् ठूलो समस्या हुँदै आएको प्रतापपुर –६ का किसान इन्द्राज पासीको भनाइ छ ।

खेतमा तयार भएको केराले बजार पाएको छैन । भारतीय बजारबाट सहजै रुपमा केरा भित्रिने गरे तर नेपाली उत्पादनले बजारीकरण गर्न नपाउँदा समस्या भएको प्रतापपुर –५ कठहवामा किसान चन्द्रिका कोहार बताउँछन् ।

कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट – सुस्ता पश्चिम) कार्यालयका अनुसार जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्षिक चार हजार २०९ रुपैयाँ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । यहाँका किसानको आम्दानीको दरिलो स्रोत केरा खेती मानिएको छ । किसानले ५० देखि ६० सम्ममा एक दर्जन काँचो केरा बेच्छन् ।

प्रकाशित समय १०:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु