fbpx
corona information

गृहपृष्ठ गढीमाइमा बली चढाइएका पशुप्रति ‘अहिंसा प्रेमी संघ’को श्रद्धाञ्जली

गढीमाइमा बली चढाइएका पशुप्रति ‘अहिंसा प्रेमी संघ’को श्रद्धाञ्जली

बाराको गढीमाई मेलाको अवसरमा दिइएको बलीको विरोध गर्दै संघसंस्थाले निर्दोश पशुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शनिवार श्रीकृष्ण प्रणामी समाजको आयोजना र अन्य अहिंसा प्रेमी संघ सस्थाहरुको सहभागितामा काठमाडौंको माइतीघर मण्डलामा श्रद्धाञ्जली दिप प्रज्वलनको कार्यक्रम गरिएको छ ।

सयाैंको संख्यामा रहेका सहभागीहरुले बलीका नाममा हत्या गरिएका प्राणीलाई सम्झदै बत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्याम केसीले हिन्दु धर्मको मुख्य मर्म ‘अहिसा परमो धर्म’ भन्ने भावनामा पशुवलीले कुठाराघात गरेको भन्दै आगामी दिनमा अझ सशक्त रुपमा विरोधका कार्यक्रम गरिने बताए ।

केसीको कुरालाई साथ दिदै नवराज ढकाल, शारदा सर्मा, मात्रृका प्याकुरेललगायत वक्ताहरुले मन्दिरलाई बधशालामा रुपान्तरण गरेकोप्रति खेद व्यक्त गर्दै पशुपतिको देशमा पशुको हत्या भएको टिप्पणी गरे ।

सर्वोच्च अदालतबाट मिति २०७३ साउन २० मा ‘पशुवली दिने, दिलाउने, कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा प्रोत्साहन वा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्तो कार्यलाई निरुत्साहन गर्नु, गराउनु’ भनिएको कुरालाई सहभागीहरुले उल्लेख गरेका थिए ।

प्रकाशित समय ०८:४६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु