गृहपृष्ठ इन्द्रजात्रा अवलोकन गर्न विदेशी अतिथि आए

इन्द्रजात्रा अवलोकन गर्न विदेशी अतिथि आए

Foreign delegates_NewsKarobar

इन्द्रजात्रा अवलोकनका लागि ४ वटा देशका नगर प्रमुख तथा उपप्रमुख काठमाडौं आइपुगेका छन् । चीनको ल्हासाका मेयर गुहेओ गुहेओ र लाञ्जाउ कमिटी अफ द सीपीपीसीसीका उपाध्यक्ष ज्याङ् सिओहाङ् प्रतिनिधिमण्डलसहित र भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जेकोे टोली बिहीबार काठमाडौं आएको छ ।

मेयरहरूसहित चीनको सियान नगरबाट ३ जना, छेन्दुबाट ४ जना, सेञ्जेन ४ जना, नान्जिन नगरबाट ६ जना, लाञ्चाउबाट ६ जना, जापानको मात्सुमोतो नगरबाट २ जना, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग नगरबाट २ जना र बोल्डर नगरबाट ३ जनाको टोली पनि बिहीबार नै जात्रा अवलोकनका लागि काठमाडौं आइपुगेकोे छ ।

नगरप्रमुखहरूलाई काठमाडौं माहानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको बिशिष्ट कक्षमा स्वागत गरेकी छन् ।

जात्रा अवलोकनका लागि शुक्रबार बिहान भारतको नर्थदिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा र बंगलादेशको ढाका साउथसिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकनको नेतृत्वमा टोली काठमाडौं आइपुग्ने महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

प्रकाशित समय १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु