fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन फुटपाथ हटाइँदै

उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन फुटपाथ हटाइँदै

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरीले सडकको फुटपाथ बजार हटाउने भएको छ । विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका विभिन्न स्थानका फुटपाथ अतिक्रमण हटाउन लागिएको हो ।

‘ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अनुसार जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउन लागिएको ट्राफिक प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हालैमात्र लागू गरेको यस योजनाअन्तर्गत ६ स्थानका फुटबजार हटाउने तयारी गरिएको हो । सडक फुटपाथ अतिक्रमण हटाएसँगै ट्राफिक व्यवस्थापनमा सुधार आउने विश्वास छ ।

पहिलो चरणमा पुरानो बानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरीपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि कलङ्कीसम्म, चावहिलदेखि जोरपाटीसम्मको फुटपाथ हटाईने छ । यस्तै थापाथलीदेखि लगनखेलसम्मका फुटपाथ पसल तथा पार्किङ हटाउन लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए । पहिलो चरणमा बढी भिँडभाड गरी ट्राफिक व्यस्थापनमा असर पुर्याइरहेका स्थानको फुटपाथ हटाइने उनले बताए ।

पन्तले भने ‘उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन फुटबाथ हटाउने अभियान सञ्चालन गर्न लागेका हौं । सडक र सडकका किनारामा जथाभावी पसल राख्दा वा पार्किङ गर्दा सवारी जाम हुने गरेकोले फुटपाथ अतिक्रमण हटाएमा जाम घट्ने विश्वास लिएका छौँ ।’
देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् भने एक तिहाई करिब ११ लाख बढी हाराहारीमा सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् ।

प्रकाशित समय १५:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु