fbpx
Rashifal Ad

गृहपृष्ठ मोहम्मद पैगम्बरको जन्मजयन्तीको अवसरमा र्‍याली

मोहम्मद पैगम्बरको जन्मजयन्तीको अवसरमा र्‍याली

mohammad janmadin (2)

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मुस्लिम धर्मका प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाइएकाे छ । आज मुस्लिम समुदायहरुद्वारा आयोजित र्‍यालीमा प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव पनि सहभागी थिए ।

विभिन्न गाउँबाट आएका मुस्लिमहरु र्‍यालीमा सहभागी थिए । र्‍यालीले जनकपुरधामकाे विभिन्न स्थानकाे परिक्रमा गरेको थियो । जनकपुरका मेयर लालकिशोर साहले समेत र्‍यालीमा सहभागिता जनाएका थिए । प्रदेश २ सरकारले मोहम्मद पैगम्बरको जन्म दिनको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित समय १६:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु