fbpx
Rashifal Ad

गृहपृष्ठ ‘राजनीतिक प्रतिशोधले वडा कार्यालयमा डोजर’

‘राजनीतिक प्रतिशोधले वडा कार्यालयमा डोजर’

wada office_dozer

जनकपुर उपमहानगरपालिकाको कुर्थास्थित २१ नं. वडा कार्यालयमा ‘राजनीतिक प्रतिशोध’का कारण डोजर चलाइएको आरोप लागेकाे छ । सडक डिभिजन कार्यालय मुजेलियले राजनीतिक दबावका कारण प्रहरी प्रशासन तथा स्थानीयको सहयोगमा वडा कार्यालय भत्काएको आरोप लागेकाे हाे ।

नेपाली काग्रेस र राष्ट्रिय जनता पार्टी समर्थित नेताहरुको दबावमा डाेजर चलाइएकाे तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष रामेश्वर महासेठले आरोप लगाए । निर्माणाधीन जनकपुर-लोहारपट्टी सडकखण्डमा परेको भन्दै शनिबार वडा कार्यालय भत्काइएकाे थियाे ।

केही दिनअघि सडक बिस्तारको क्रममा वडा कार्यालयसँगै रहेकाे राजर्षि जनक माध्यमिक विद्यालयकाे पर्खाल पनि भत्काइएकाे थियाे । विद्यालय भत्काएपछि सडकमा परेको वडा कार्यालय पनि भत्काउन माग गर्दै विभिन्न चरणमा आन्दोलन भएकाे थियाे ।

कांग्रेस तथा राजपा नेताकार्यकर्ता तथा जिल्ला प्रशासन कार्यालयकाे दबावमा वडा कार्यालय भत्काइएकाे वडाध्यक्ष महासेठले बताए । वडा कार्यालय भत्काउने क्रममा वडाध्यक्ष पक्षधर र काग्रेस, राजपाका पक्षबीच २ घण्टा विवाद भएकाे थियाे ।

प्रकाशित समय १७:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु