fbpx

गृहपृष्ठ ‘लो भोल्टेज’ समस्या समाधान गर्न निर्देशन

‘लो भोल्टेज’ समस्या समाधान गर्न निर्देशन

प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेले ‘लो भोल्टेज’ र विद्युत आपूर्ति समस्या समाधानका लागि विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । प्राधिकरण कटहरीका प्रमुख सञ्जय झालाई मन्त्रालयमै डाकेर मन्त्री घिमिरेले बुधबार यस्तो निर्देशन दिएका हुन् ।

ट्रान्सफर्मर नहुँदा बाराम्बार यस्तो समस्या आएको भन्दै मोरङको कटहरी गाउँपालिकाका स्थानीयले गुनासो गरेपछि मन्त्री घिमिरेले प्रमुख झालाई छलफलका लागि मन्त्रालयमा बोलाएका थिए । छलफलमा कटहरी वडा नं. १ मा ८०, २ मा ५० र ३ मा २० वटा पोल गाड्न र वडा नं. १ को अनन्त चौकमा ट्रान्सर्फमर राख्ने निर्णय भएको मन्त्री घिमिरेका स्वकीय सचिव तुलसी घिमिरेले जानकारी दिए ।

पोल र ट्रान्सफर्मर नभएका कारण सो क्षेत्रका स्थानीय लामो समयदेखि विद्युत समस्या झेल्दै आएका थिए ।

प्रकाशित समय १८:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु