fbpx
corona information

गृहपृष्ठ बेपत्ता व्यक्तिका परिवारलाई रोजगारीको व्यवस्था गर्छु : मुख्यमन्त्री

बेपत्ता व्यक्तिका परिवारलाई रोजगारीको व्यवस्था गर्छु : मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बेपत्ता व्यक्तिका परिवारका लागि रोजगारीको व्यवस्था गर्न आवश्यक नीति बनाइने प्रतिवद्धता व्यक्त गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको सरोकारवालाहरुसँग अन्तर्रक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आयोगले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गुर्नपर्ने मुख्यमन्त्री शाहीले बताए । अहिलेको राजनीतिक परिवर्तनमा सहिद र बेपत्ता पारिएका योद्धाहरुको मुख्य योगदान रहेको उनले उल्लेख गरे । ‘बेपत्ता पारिएका व्यक्तिका परिवारले लामो समयसम्म न्याय नपाउनु दुखद् कुरा हो । उनीहरु फर्केर आउने आसैआसामा परिवार बाँच्नु परेको छ,’ उनले भने । बेपत्ता पारिएका परिवारजनलाई छिटोभन्दा छिटो न्याय दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले हरेक जिल्लामा गएर पीडितका कुरा सुन्न आयोगलाई आग्रहसमेत गरे । राजधानीमा मात्र कार्यक्रम गरेर आयोगको काम उपलब्धिमुलक हुन नसक्ने उनले धारणा राखे । बेपत्ता परिवारको लागि राहात र परिपुरणका कामका लागि प्रदेश सरकारले आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्था गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित समय १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु