fbpx
corona information

गृहपृष्ठ अश्लील भिडियो बनाई ब्लाकमेलिङ गरेको अभियोगमा पक्राउ

अश्लील भिडियो बनाई ब्लाकमेलिङ गरेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लील भिडियो बनाई ब्लाकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका- ४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई सोही नगरपालिका- ४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई ब्लाकमेल गर्दै ती महिलालाई पटक-पटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो ।

हाल फरार रामको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु