गृहपृष्ठ आइसोलेसनबाट फरार थुनुवा पक्राउ

आइसोलेसनबाट फरार थुनुवा पक्राउ

pakrau-arrest-newskarobar

सिरहाको धनगढीमाई नगरपालिका- ११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले पक्राउ परेको छ ।

चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका- १३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको झ्यालबाट हामफालेर फरार भएका थिए । उनलाई लहान नगरपालिका- १९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वाब परीक्षणका क्रममा गत साउन २८ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि यादवलाई महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी त्यहीँबाट फरार भएका थिए ।

प्रकाशित समय १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु