fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ लिमी गाउँको रीतिथिति : बहुपति प्रथा, ६० वर्षपछि अवकाश

लिमी गाउँको रीतिथिति : बहुपति प्रथा, ६० वर्षपछि अवकाश

लिमी लाप्चाको कैलास दर्शन क्षेत्र ।

नाम्खा गाउँपालिका- ६ मा पर्ने लिमी क्षेत्रमा तीन बस्ती छन् । लिमीमा साठी वर्ष उमेर पुगेपछि घरमुलीले अनिवार्य अवकाश लिनुपर्छ । घुरमुलीको अवकाशपछि उनको जिम्मा घरपरिवारको अन्य सदस्यमा सर्छ ।

लिमी अनौठो ठाउँ र अनौठो गाउँ पनि हो । बाहिरबाट हेर्दा जति विकट छ, त्यहाँ पुग्दा त्यति नै सुगम पनि छ । यो बौद्ध धर्मावलम्बीहरूको बाहुल्य भएको गाउँ हो । यहाँ बहुपति प्रथामा आधारित विवाह पद्धति रहेको छ । यहाँ प्रत्येक घरबाट एक जना छोरा गुम्बाको टोपे हुनुपर्दछ ।

१५ वर्षभन्दा तल र ६० वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिहरु सामुदायिक तथा सार्वजनिक कामका लागि योग्य मानिदैन भने कुनै पनि नीति नियमका लागि निर्णायक पनि हुँदैनन् । वर्षको दुई पटक बस्ने गाउँको थीति बन्दमा प्रत्येक घरमुली उपस्थित नभएमा गाउँको कचहरीहरूले तोकेको महँगो जरिवान तिर्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ । यसैले देश विदेश जहाँ भए पनि अनिवार्य रुपम उपस्थित हुनु जरुरी मानिन्छ ।

यहाँको तीन वटै गाउँ भौगोलिक रुपमा चार हजार मिटर र योभन्दा धेरै उचाइमा रहेका छन् । यहाँ ऊनीका बाक्लो लुगाहरू लगाइन्छ भने मासुजन्य र झोलिलो खाना प्रमुख रहेको छ । यहाँ फुरुको कचौरा, चिरु र ऊनी लुगाहरुको प्रयोग गरिएको पाइन्छ ।

घरका जेष्ठ नागरिकहरूका लागि गाउँनजिकै ध्यान गर्ने गुफा अर्थात् वानप्रस्थ कुटीको व्यवस्था गरिएको हुन्छ । साठी वर्ष उमेर पुगेका घरमुलीबाट घर व्यवहारको जिम्मेवारीका साथै चलअचल सम्पत्ति र जायजेथा पनि नयाँ घरमुलीको नाममा सर्ने परम्परा रहेको छ । तर पनि बहुपति प्रथामा सन्तानको हकमा आमा निर्णायक भए पनि यो जिम्मेवारी महिलालाई दिने गरिएको छैन ।

प्रकाशित समय १७:४१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु