fbpx
corona information

गृहपृष्ठ हुम्लामा अठार करोड रूपैयाँको रैथाने चिनु उत्पादन

हुम्लामा अठार करोड रूपैयाँको रैथाने चिनु उत्पादन

हुम्लाको मुख्य रैथाने अन्नबालीको रुपमा चिनिएको चिनु प्रतिवर्ष १८ करोडभन्दा धेरै उत्पादन हुने गरेको छ । हुम्लामा ७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेती गरिन्छ भने यसबाट प्रति वर्ष हुम्लीहरूले एक सय ८१ मेटि्क टन चिनु उत्पादन हुँदै आएको कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झाले जानकारी दिएका छन् ।

यसको स्थानीय बजार मूल्य प्रतिक्विन्टल दस हजार रहेको छ । यसलाई पोषणयुक्त खानाको परिकारका साथै विभिन्न प्रकारका खानपान र खाजाका परिकारहरु बनाउनमा पनि अति सरल र उपुक्त हुने सिमकोट गाउँपालिका- ५ की लक्ष्मी रोकायाले बताइन् । हुम्लामा रातो, कपडे, दुधे, कालो, भांग्रे, तीन माँसेजस्ता विभिन्न प्रकारका रैथाने चिनुबाली हुन्छ ।

हुम्लाका सिमकोट, लुञा, थाली, खगालगाउँ, बराँई, रिमी, चसामुलजस्ता गाउँहरू रैथाने बाली चिनु उत्पादन हुने नाम कहलिएका गाउँहरू हुन् । जसको अर्थ सामाजिक र ईको जैविक महत्व रहेको डा. मानबहादुर रोकायाले बताए । उनले भने, ‘यी गाउँ र स्थानहरू प्राक जैविक सम्पदाका अनमोल रत्न हुन् । यसको संरक्षण गर्न सकेमा कृषि पर्यटनको मुख्य स्रोत बन्ने छ ।’

प्रकाशित समय १७:०५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु