fbpx
corona information

गृहपृष्ठ बागलुङको कुश्मीशेरामा पहिराले तीन घर पुर्‍यो, एक जनाको मृत्यु

बागलुङको कुश्मीशेरामा पहिराले तीन घर पुर्‍यो, एक जनाको मृत्यु

rasuwa pahiro-newskarobar सांकेतिक तस्बिर

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिराले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिराले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।

उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ । बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिराले टुनीबोटका तीन घरमा क्षति पुर्‍याएको स्थानीयवासी केदार पौडेलले बताए ।

आज बिहान ५ बजे खसेको पहिराले तीनै घरका गोठमा समेत क्षति पुर्‍याएको छ । पहिराको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित समय १०:०२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु