fbpx
corona information

गृहपृष्ठ आत्महत्या गरेका पुरूषमा कोरोना संक्रमण पुष्टि

आत्महत्या गरेका पुरूषमा कोरोना संक्रमण पुष्टि

यहाँ आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगंगा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनी शीतगंगा- ५, जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि जेठ २४ गते स्वाब संकलन भएको थियो । गए राति उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्लामा एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । यससँंगै जिल्लामा कोरोना संक्रमित ११० पुगेका छन् । कोरोनाका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ ।

प्रकाशित समय २०:१७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु