fbpx
corona information

गृहपृष्ठ रूकुम घटनाका आरोपित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति

रूकुम घटनाका आरोपित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति

प्रेमिका लिन जाँदा ज्यान गुमाएका नवराज विक (बायाँ) ।

सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका- ८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम (पश्चिम)ले बिहीबार म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेकामा अदालतले अभियुक्तलाई १० दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

मृतकका परिवारले घटनामा संलग्न रहेको भन्दै २० जनाका नाममा किटानी जाहेरी दिएपछि प्रहरीले चौरजहारी- ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित दुई पटक गरी १८ जनालाई पक्राउ गरेको छ । दुई जना भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।  घटनामा छ जनाको निधन भएको थियो ।

पहिलो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि घटनाको थप अनुसन्धान आवश्यक रहेकाले दोस्रो पटक म्यादका लागि अदालतसमक्ष माग गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा रहेकी मल्ल थरकी प्रेमिका लिन जाजरकोटको भेरी नगरपालिका- ४ का नवराज विक १८ जना साथीसहित गत जेठ १० गते सोती पुगेका थिए । सो समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदीमा बेपत्ता नवराजसहित ६ जना मृत फेला परेका थिए ।

प्रकाशित समय १८:४५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु