fbpx
corona information

गृहपृष्ठ कर्णाली प्रदेशको आगामी बजेट ‘कोरोना नियन्त्रण’ केन्द्रित

कर्णाली प्रदेशको आगामी बजेट ‘कोरोना नियन्त्रण’ केन्द्रित

करिब ३३ अर्बसम्मको बजेट ल्याउने तयारी

karnali-newskarobar

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना प्रतिकार्यका लागि बजेट ल्याउने तयारी गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण अन्य विकास निर्माणका कामहरु प्रभावित हुने भएपछि सरकारले कोरोना प्रतिकार्यका लागि बजेट ल्याउने तयारी गरेको हो ।

कर्णाली प्रदेश सरकारले गत वर्षभन्दा करिब १ अर्ब घटेर करिब ३३ अर्बसम्मको बजेट ल्याउने तयारी गरेको हो । आगामी असार १ गते नै सरकारले बजेट ल्याउने तयारी गरेको कर्णाली प्रदेश आर्थिक मामीला तथा योजना मन्त्रायलयका उपसचिब दिलिप केसीले जानकारी दिए ।

गत वर्षभन्दा केही घटेर बजेट ल्याउने तयारी सरकारले गरेको उनले बताए । उनका अनुसार यो वर्षको बजेट विशेष गरी कोरोना प्रतिकार्यको लागि आउने छ । केसीले अघिल्लो वर्ष जती धेरै स्रोत समेत नभएको र निर्माणका कामहरु समेत नहुने भएकोले यो वर्ष सरकारले घटेर बजेट ल्याउन लागेको बताए । यो वर्षको बजेट कोरोना प्रतिकार्यको लागि आउने उनले बताए ।

‘कोरोना नियन्त्रण र उपचारका लागि यो वर्षको बजेट केन्द्रित हुन्छ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रको पनि विशेष गरी कोरोना केन्द्रित बजेट यो वर्ष आउनेछ ।’ सरकारले आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम आगामी १६ गते संसदमा पेश गर्ने तयारीसमेत गरेको छ ।

सांसदहरु पनि ‘कोरोना नियन्त्रण बजेट’ मै केन्द्रित

कर्णाली प्रदेश सभाका सांसदहरुले कोरोना भाइरस नियन्त्रणका लागि आगामी वर्षको बजेट ल्याउन सरकारलाई आग्रह गरेका छन् । कर्णाली प्रदेशको छैठौं अधिवेशनमा बोल्दै उनीहरुले आगामी वर्षको बजेट कोरोना केन्द्रित भएर आउनुपर्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता सांसद जीवनबहादुर शाहीले भारतबाट कर्णाली भित्रिनेको संख्या हजारौं भएकोले सरकारले विशेष चासो दिनुपर्ने बताए । उनले यो वर्षको बजेट कोरोना प्रतिकार्यको लागि सरकारले ल्याउनुपर्ने उनले सुझाब दिए ।

त्यस्तै सत्तापक्षका दलका नेता सांसद यामलाल कँडेलले पनि सरकारलाई कोरोना नियन्त्रणमा गम्भीर हुन आग्रह गरे । सांसद खड्कबहादुर खत्रीले पहिले जनता बचाउने अभियानमा सरकार लाग्नुपर्ने भन्दै राजनीति जनता बाँचेपछि गर्न आग्रह गरे । अधिवेशनमा अधिकांश सांसदहरुले सरकारलाई कोरोना प्रतिकार्यका लागि बजेट ल्याउन आग्रह गर्दै आएका छन् । सरकारले समेत सोहि अनुसार तयारी गरेको आर्थिक मामीला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।

प्रकाशित समय ०९:५९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु