fbpx
corona information

गृहपृष्ठ प्रदेश ५ सरकारको नीति कार्यक्रम जेठ १० मा

प्रदेश ५ सरकारको नीति कार्यक्रम जेठ १० मा

province_5_newskarobar फाइल तस्बिर ।

प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् आज बसेको बैठकले नीति कार्यक्रम यही जेठ १० गते प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा दीपावली गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । बैठकले तराईका जिल्लामा दुई सय र पहाडी जिल्लामा ५० शय्याको आइसोलेशन केन्द्र बनाउने, केन्द्रमा पीसीआरबाट पोजेटिभ देखिएका बिरामीलाई राख्ने र केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने निर्णय पनि गरेको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकामा उनले पाउनुपर्ने बीमा वापतको रु १० लाख प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।

प्रकाशित समय १८:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु