गृहपृष्ठ प्रदेश २ मा प्रदेशसभा बैठकको तयारी हुँदै

प्रदेश २ मा प्रदेशसभा बैठकको तयारी हुँदै

pradesh2-province2-newskarobar

प्रदेश २ को प्रदेशसभा बैठक सामाजिक दुरी कायम गरेर बस्ने तयारी गरिएको छ । असार १ गते नीति तथा कार्यक्रम र त्यसलगत्तै बजेट ल्याउनु पर्ने भएकाले बैठकका लागि आवश्यक संरचना व्यवस्थापन भइरहेको हो ।

प्रदेशसभा बैठक स्थलमा सामाजिक दुरी कायम गरी बैठक बस्नका लागि आवश्यक संरचना निमार्णका साथै सांसदहरुको लागि कुर्सी लगाइँदै छ । पहिलाको कुर्सीहरु हटाएर प्लाष्टिकको कुर्सी व्यवस्थापन गर्न लागिएको हो ।

प्रदेशसभा सचिवालयका अनुसार बैठक बस्नुअगाडि सभामुख, उपसभामुखसहित सम्पूर्ण प्रदेश सांसद र कर्मचारीहरुको स्वाब परिक्षण गरिने छ । परिक्षणपछि नीति तथा कार्यक्रमभन्दा अगाडि गरिने तयारी र पूर्वबैठकहरु बस्नेछ । जेठ १५ पछि स्वाब परिक्षण तथा नतिजा आउने र २० गतेपछि बैठक बस्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

बैठकमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमण रोकथामका लागि क्वारेन्टिन तथा आइसोलेसन वार्ड निर्माण, सीमा क्षेत्रमा अलपत्र नेपालीहरुको उद्धार लगायतका विषयमा सरकारले गरेका कामहरुको समीक्षा हुने बताइएको छ ।

प्रकाशित समय १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु