fbpx
corona information

गृहपृष्ठ श्रीमानको हत्याको आरोपमा श्रीमती र प्रेमी पक्राउ

श्रीमानको हत्याको आरोपमा श्रीमती र प्रेमी पक्राउ

धनुषाको सहिदनगर नगरपालिकामा एक जनाको हत्याको आरोपमा २ जना पक्राउ परेका छन् ।

गत फागुन २७ गते मध्य दिउँसो प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित उनका प्रेमीलाई धनुषा प्रहरीले पक्राउ गरि सार्वजानिक गरेको छ । धनुषाको सहिदनगर नगरपालिका ३ का ६० वर्षीय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र उनका प्रेमी सोही नगरपालिका ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार पक्राउ परेका हुन् ।

सहिदनगरको डिहवारस्थित आफ्नै घरको कोठामा सुतिरहेका राजकिशोरमाथि कंक्रिट प्रहार गरेर पत्नी कौशिलादेवी प्रेमी राकेशसँग मिलेर टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेका थिए । कोशिलादेवी र राकेशबीच टेलिफोनमा भएको संवादको अधारमा उनीहरुले हत्या गरेको प्रहरीले जनाएको छ ।

राजकिशोरलाई राति खानामा नसालु ट्याब्लेट मिसाएर खुवाइएको र नसामा मातेर सुतिरहेको अवस्थामा कौशिलादेवीले राकेशलाई घरमा बोलाएर दुवैजना मिलेर कंक्रिट प्रहार गरी हत्या गरेको प्रहरी समक्ष बयान गरेको प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

राजकिशोरको निधारमा पटक–पटक प्रहार गरी विभत्स तरिकाले हत्या गरेको पोस्टर्माटम रिर्पोटमा उल्लेख छ । हत्या आरोपित दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु