fbpx
corona information

गृहपृष्ठ संघीय सरकारको निर्देशन पालना गर्न मुख्यमन्त्रीको आह्वान

संघीय सरकारको निर्देशन पालना गर्न मुख्यमन्त्रीको आह्वान

lalbabu_raut_newskarobar फाइल तस्बिर

प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लक डाउनको समयावधिभित्र घरमै बस्ने प्रदेशबासीलाई आह्वान गरेका छन् ।

विश्वभर फैलिदै गरेको कोरोना भाइरसबाट बच्न संघीय सरकारले जारी निर्देशनहरुमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको भन्दै प्रदेशवासीलाई अक्षरशः पालना गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री राउतले जारी गरेको विज्ञप्तिमा प्रदेशमा २५० आइसोलेशन शैय्या तयारी अवस्थामा रहेको र थप आइसोलेशन शैय्याको लागि गृहकार्य भइरहेको जनाइएको छ ।

विपद व्यवपस्थापन कोषमार्फत प्रत्येक जिल्लाको विपद् व्यवस्थापन कोषलाई ५० लाखको दरले उपलब्ध गराउने, नेपाल प्रहरी प्रादेशिक कार्यालय जनकपुरलाई २० लाख रुपैयाँ, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख रुपैयाँ, राष्ट्रिय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई पाँच लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

प्रदेश २ मा सामाजिक विकास मन्त्रालयमार्फत् कोरोनासम्बन्धी उपचार र रोकथामका लागि प्रादेशिक अस्पताललाई १२ लाख रुपैयाँ, जिल्ला अस्पतालहरुलाई पाँच लाख रुपैयाँको दरले, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रलाई औषधि र व्यक्तिगत उपचार उपकरणका लागि १० लाख रुपैयाँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई पाँच लाख रुपैयाँ दिएको छ ।

प्रदेश सरकारले जनचेतनामूलक प्रचारप्रसारको लागि स्वास्थ्य निर्देशनालयलार्ई पाँच लाख रुपैयाँ, मन्त्रालयमार्फत् नीतिगत खर्चका लागि १० लाख रुपैयाँ, सरोकारवालालाई सचेतनामूलक अभियानका लागि १५ लाख रुपैयाँ, स्थानीय तह स्वास्थ्य संयोजकहरुको अभिमुखीकरणको लागि १० लाख रुपैयाँ, एकीकृत अनुगमनको लागि पाँच लाख रुपैयाँ, एम्बुलेन्स सेवाको लागि तीन लाख रुपैयाँ छुट्याइएको र अतिरिक्त महामारी नियन्त्रणका लागि थप रकमको आवश्यकता परेको खण्डमा प्रदेश सरकार तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १०:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु