fbpx
corona information

गृहपृष्ठ पोखरामा ५ जना बेसहाराको उद्धार

पोखरामा ५ जना बेसहाराको उद्धार

जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सडकपेटीमा भेटिएका पाँचजना बेशाहारा वृद्धवृद्धाहरुलाई उद्दार गरेको छ ।

विश्वरभर महामारीको रुपमा फैलिइरहको कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएपछि अहिले नेपालले लकडाउन गरिरहेको छ । लकडाउनको दोस्रो दिन कास्की जिल्ला अन्तर्गतका विभिन्न स्थानमा केही बेवारिसे बृद्धबृद्धाहरु सडकपेटिमा बस्ने सुत्ने अवस्थामा भेटिएका हुन् ।

भेटिएका पाँचमध्ये तीन जना पुरुष र २ जना महिला रहेका छन् । अहिले उनीहरुलाई सडकपेटीबाट उद्दार गरि पोखरा महानगरपालिका बिरौटा स्थित मानवसेवा आश्रम पठाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

‘सर्वसाधारणलाई भेला जम्मा नभई घरमा नै बसेर सावधानी अपनाउन अनुरोध गर्दै देश नै लकडाउन गर्ने सम्मको नीति अबलम्वन गरिरहेको अवस्थामा घरबारबिहीनलाई कास्कीका विभिन्न स्थानमा मागी खाँदै सडक पेटीमा नै बस्ने सुत्ने अवस्थामा भेटिएकाले उद्वार गरिएको हो,’ प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १०:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु