fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ प्रदेश २ मा क्वारेन्टाइनको लागि २५० शय्या तयारी अवस्थामा

प्रदेश २ मा क्वारेन्टाइनको लागि २५० शय्या तयारी अवस्थामा

प्रदेश २ सरकारका सामाजिक विकास मन्त्रालयले प्रदेश २ को आठवटै जिल्लामा कोरोना भाइरसबाट संक्रमणलाई रोक्नका लागि २५० शय्याको क्वारेन्टाइन निर्माण गरेको छ ।

बुधवारदेखि सञ्चालनमा ल्याउने गरी स्थानीय सरकार र जिल्ला प्रशासनको समन्वयमा प्रदेश २ सरकारले ८ वटै जिल्लामा कोरोना भाइरस संक्रमितका लागि क्वारेन्टाइन र आइशोलेसन वार्ड निर्माण गरेका हुन् ।

धनुषाको जनकपुरस्थित जानकी मेडिकल शिक्षण अस्पतालमा कोरोेनाको मात्र उपचार हुने गरी विशेष व्यवस्था गरेको छ । शिक्षण अस्पतालमा ६० शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । नगराइन नगरपालिकाको गंगुलीस्थित आयुर्वेद मेडिकल कलेजमा ५० बेड, जनकपुरको मुलेजियामा निर्माणाधिन अवस्थामा अलपत्र परेको मणिपाल शिक्षण अस्पतालको प्रयोगबिहीन
भवनमा ५० शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ ।

पर्साको वीरगंज, सिरहाको धनगढी, रौतहटको विभिन्न ठाउँ, सप्तरीलगायतका ठाउँमासमेत क्वारेन्टाइन र आइशोलेसन वार्ड बनाउन थालेको बताइएको छ । आजैदेखि सञ्चालनमा ल्याउनैगरी काम भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.हरिशचन्द्र साहले बताए ।

कोरोना भाइरससम्बन्धी उपचार तथा रोकथामका लागि सामाजिक विकासमन्त्री नवल किशोर साहको संयोजकत्वमा चैत ११ गते मंगलवार विभिन्न संघ संस्थाहरुको प्रतिनिधि सदस्य रहने गरि समिति गठन गरिएको छ । कोभिडको उपचार, नियन्त्रण तथा व्यवस्थापनको लागि कमिटीले काम गर्नेछ ।

प्रकाशित समय १२:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु