fbpx
corona information

गृहपृष्ठ कोरोनाको संक्रमणबाट बच्न सावधानी अपनाऔं : मुख्यमन्त्री पौडेल

कोरोनाको संक्रमणबाट बच्न सावधानी अपनाऔं : मुख्यमन्त्री पौडेल

Dormani-poudel-newskarobar फाइल तस्बिर

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को संक्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको संक्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गरेका छन् ।

मुख्यमन्त्री पौडेलले आज एक सन्देश प्रकाशित गर्दै उक्त भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल सरकार, बागमती प्रदेश सरकार तथा मातहतका निकाय लागेका बेला हामी सबै नागरिकको समेत साथ आवश्यक रहेको उल्लेख गरेका छन् ।

सो भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल सरकार वाग्मती प्रदेश सरकार तथा मातहतका निकाय लागेका बेला हामी सबै नागरिकको समेत साथ आवश्यक छ । ‘त्यसैले संघीय सरकार एवं वाग्मती सरकारले यसअघि गरेका अनुरोध तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनमार्फत गरेको आग्रहअनुसार आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्नुहुन सबैमा अनुरोध गर्दछु,’ मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।

प्रकाशित समय ०८:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु