fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ प्रदेश २ को राजधानी ‘जनकपुर’ पनि अस्वीकृत

प्रदेश २ को राजधानी ‘जनकपुर’ पनि अस्वीकृत

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम राख्ने भनि भएको दलीय सहमति विपरित प्रदेश सभामा मतदान भएको छ ।

सत्तासाझेदार दल समाजवादी र राजपा नेपालका सांसदहरुले प्रदेश २ का सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठित सर्वदलीत बैठकबाट पारित गरिएको प्रदेश २ को राजधानी जनकपुरधाम विपरित मतदान गरिदाँ जनकपुरधामको प्रस्ताव अस्वीकृत भएको हो ।

मंगलबार राति १० बजे भएको मतदानमा जनकपुरधाम राजधानी हुने पक्षमा ५२ मत र जनकपुरधाम राजधानी नहुने पक्षमा ५२ मत परेका छन् । ३ वटा मत बदर भएको छ । यस अघि प्रदेशको नामाकरणको सवालमा ४ वटा नाम प्रस्ताव भई मतदान हुँदा सबै नाम अस्वीकृत भएको थियो ।

सत्तासाझेदार दलहरुले ल्याइएको मधेश प्रदेशको पक्षमा दुई तिहाई बहुमत आउन नसकेपछि बदलाको भावना लिएर दलीय सहमति गरेका सत्तासाझेदर दलले सहमति लत्याउँदै जनकपुरधामको विपक्षमा मतदान गरेका छन् ।

दलीय सहमति गरेर प्रदेश २ को राजधानी जनकपुरधामको विपक्षमा मतदान गरेपछि अहिले सामाजिक संजालमा व्यापक विरोध भई रहेको छ । युवाहरुले सत्ता साझेदार दलहरुले आफनो बच्चापन देखाएको बताउँदै कुन मुखले मधेशवादी दलहरु जनकपुरधाममा बस्ने प्रश्न गरि रहेका छन् ।

मधेशवादी दलका आफ्नै नेता, कार्यकताहरुले समेत नेताहरुको विरोधमा जाने संकेत गरेका छन् ।

प्रकाशित समय १३:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु