fbpx
corona information

गृहपृष्ठ गोरधोइ पोखरीमा युवतीको शव फेला

गोरधोइ पोखरीमा युवतीको शव फेला

death-newskarobar

जनकपुरधाममा आज एक युवतीको शव फेला परेको छ । जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानीय पेठिया बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी रोशनी खातुन दुई दिनदेखि हराइरहेकी थिइन् । बिहान घुम्न निस्केका मानिस पोखरीमा तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित समय १२:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु