गृहपृष्ठ बन्दीपुर गाउँपालिकाले बनायाे बीस वर्षे गुरुयोजना

बन्दीपुर गाउँपालिकाले बनायाे बीस वर्षे गुरुयोजना

बन्दीपुर गाउँपालिकाले बन्दीपुरको विकासका लागि बीस वर्षे गुरुयोजना बनाएर अगाडि बढेको छ । गाउँपालिकाले सारेको योजनामा समितिले साथ दिने नवनिर्वाचित सचिव पौडेलले जानकारी दिए ।

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको सात महिनामा करिब नौ करोड रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । आर्थिक वर्ष ०७६/७७ को साउनदेखि माघ मसान्तसम्म कार्यालयले रु आठ करोड ९३ लाख ४५ हजार ४५० आन्तरिक आम्दानी गरेको हो ।

विभिन्न कर, घरजग्गा रजिष्ट्रेशन, दस्तुरलगायतबाट सात महिनाको अवधिमा उक्त आम्दानी भएको राजश्व शाखाका अधिकृत कृष्णराज घिमिरेले जानकारी दिए । नगरपालिकाले यस अवधिमा सम्पत्ति करबाट ६६ लाख तीन हजार ९१८ रुपैयाँ, घरबहाल करबाट २८ लाख ६२ हजार तीन रुपैयाँ, मालपोत करबाट २७ लाख ७९ हजार ५६४ रुपैयाँ, व्यवसाय करबाट १० लाख ८० हजार २०१ रुपैयाँ, मनोरञ्जन करबाट ४३ हजार २६७ रुपैयाँ, स्थानीय/वातावरण शुल्कबाट ९९ लाख २२ हजार ५३० रुपैयाँ, प्राकृतिक स्रोतसाधन उपयोगबाट तीन करोड १६ लाख छ हजार ४२५ रुपैयाँ आम्दानी भएको छ ।

त्यस्तै सवारी पार्किङबाट ११ लाख ८३ हजार १७५ रुपैयाँ, सरसफाइबाट ३८ लाख २८ हजार ८५० रुपैयाँ, बस्ती विकास/प्लटिङ/प्राविधिक परामर्शबाट चार लाख ५० हजार ४४० रुपैयाँ, आय प्रमाणितबाट तीन लाख ११ हजार १४५ रुपैयाँ, दर्ता र नवीकरणबाट नौ लाख ३६ हजार ५०५ रुपैयाँ, घरनक्सा पासबाट ९४ लाख १४ हजार ६४ रुपैयाँ, सिफारिसबाट ६९ लाख ८३ हजार ३१ रुपैयाँ, नाता प्रमाणितबाट एक लाख ५५ हजार ७५ रुपैयाँ आम्दानी भएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी घरभाडाबाट ९४ लाख ७९ हजार ८८७ रुपैयाँ, मेशिनरी उपरकरण भाडाबाट तीन लाख ७० हजार ४०० रुपैयाँ, विविध फारमबाट सात लाख ९२ हजार २१९ रुपैयाँ र अन्य विविधबाट ७१ हजार ५१८ रुपैयाँ आन्तरिक आम्दानी भएको छ ।

नगरपालिकाले चालू आर्थिक वर्षमा कूल १४ करोड ८५ लाख रुपैयाँ आन्तरिक आय गर्ने लक्ष्य राखेको थियो । केही दिन अगाडी सम्पन्न नगरपालिकाको ३२ औँ नगरसभाले आन्तरिक आयमा एक करोड २१ लाख ९६ हजार रुपैयाँ थप गरी आन्तरिक आम्दानी कूल १६ करोड छ लाख ९६ हजार रुपैयाँ संशोधन गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

सात महिनाको प्रगतिलाई दृष्टिगत गरी आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा थप आय हुने देखिएकाले आन्तरिक आम्दानी संशोधन गरिएको उनले जानकारी दिए । नगरपालिकाले आन्तरिक आयमा मालपोत करतर्फ ५० लाख रुपैयाँ, घरबहाल करतर्फ आठ लाख रुपैयाँ, सवारी पार्किङतर्फ पाँच लाख ९० हजार रुपैयाँ, सरसफाईतर्फ १६ लाख, स्थानीय वातावरण शुल्कतर्फ एक करोड, सिफारिसतर्फ २५ लाख, घरभाडातर्फ दश लाख ७५ हजार साविकको भन्दा थप आय हुने अनुमान गरेको छ ।

केही शीर्षकमा भने आन्तरिक आय घट्ने अनुमान नगरपालिकाको छ । सम्पत्ति करतर्फ ८० लाख, विविध फारमतर्फ नौ लाख, अन्य विविधतर्फ तीन लाख ८८ हजार, दण्ड जरिवानातर्फ आठ लाख बजेट घट्ने अनुमान गरिएको छ । (रासस)

प्रकाशित समय ०७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु