fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना

धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सामाजिक विकास मन्त्रालयले धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेको छ ।

कैलाली कञ्चनपुरका बिभिन्न सिमा नाकामा हेल्थ डेस्क राखिसकेको मन्त्रालयले शुक्रबार धनगढी बिमानस्थलमापनि हेल्थ डेस्क स्थापना गरेको हो ।

विशेषगरी चाइना, थाइल्याण्डलगायतका देशबाट फर्किने नागरिकलाई मध्यनजर गर्दै हेल्थ डेस्क स्थापना गरेको हो । विमानस्थलमा संकास्पद व्यक्तिहरुलाई चेकजाँच गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको जनस्वास्थ्य महाशाखाले हेल्थ डेस्क स्थापना गरेको हो । हेल्थ डेस्कमा दुई जना स्वास्थ्यकर्मी राखेर सञ्चालन गरेको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए । बिमानस्थलमा आउने यात्रुहरुमा शंका देखिएमा ज्वरो नाप्ने यन्त्र इन्फ्रारेट थर्मामिटर राखिएको उनले बताए ।

सो थर्माेमिटरले करिब २० सेन्टिमिटर टाढाबाटै ज्वरो नाप्न सकिने छ । हेल्थ डेस्कमा सि अनमी रमा गिरी र हेल्थ असिस्टेन्ट प्रदिप जोशी छन् । नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिए पनि संक्रमण हुन नदिन मन्त्रालयले पूर्व तयारी गरेको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिहं कार्कीले बताए ।

जनचेतनात्मक सन्देशहरु विभिन्न ठाउँमा लगाएसँगै विमानस्थलमा पनि सो सन्देश लगाइसकेको उनले बताए । त्यस्ता लक्षण देखिएका व्यक्तिहरुमा चेकजाँच गर्ने र शंका लागे उपचारमा पठाउने उनले बताए ।

विमानस्थलमा कोरोना भाइरसका संकास्पद व्यक्ति भेटिएमा तुरुन्त सेती अस्पताल ल्याएर उपचार गर्नका लागि छुट्टै कक्ष स्थापना भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विमानस्थलमा त्यस्तो व्यक्ति भेटिएमा तुरुन्त एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पताल लगेर उपचार गरिने सेती प्रादेशिक अस्पतालका डक्टर जगदीश जोशीले बताए ।

हेल्थ डेस्क स्थापनामा सामाजिक विकास मन्त्रालयका आयुर्वेद शाखा प्रमुख डा. चेतराज जोशी, शिक्षा स्वास्थ्य अधिकृत हेमराज खड्का, कानुन अधिकृत दानबहादूर सुनार, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धर्मानन्द पन्तलगायतको सहभागिता थियो । साथै सामाजिक विकास मन्त्रालयले कैलाली कञ्चनपुरका सम्पूर्ण सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको जनाएको छ ।

कोरोना भाइरस संक्रमित देशबाट आउने नागरिकबाट संक्रमण हुन सक्ने भन्दै सीमा नाकामा हेल्थ डेस्क स्थापना भइसकेको मन्त्रालयले जनाएको छ । साथै बैतडी दार्चुलाका नाकामा समेत हेल्थ डेस्क स्थापना हुन लागेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार सामाजिक विकास मन्त्रालयले पूर्व सतर्कता अपनाउँदै हेल्थ डेस्क स्थापना गरिरहेको उनले बताए । हेल्थ डेस्क स्थापना गरिएका स्थानमा उपकरणसहित दुई/दुई जना स्वास्थ्यकर्मी खटाइएका छन् । आवश्यकताअनुसार जनशक्ति थप्ने र अनुगमनको प्रबन्ध मिलाइएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिं कार्कीले बताए ।

प्रकाशित समय १४:४० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु