fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ दिपायलमा भाेलिबाट प्रादेशिक महोत्सव, १ कराेडको आर्थिक कारोबार गर्ने लक्ष्य

दिपायलमा भाेलिबाट प्रादेशिक महोत्सव, १ कराेडको आर्थिक कारोबार गर्ने लक्ष्य

दिपायलमा बिहिबारबाट प्रादेशिक महोत्सव हुने भएको छ । डोटी चेम्वर अफ कमर्शको आयोजनामा हुने महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धाटन गर्ने कार्यक्रम रहेको छ ।

डोटी चेम्वरका अध्यक्ष खगेन्द्रबहादुर साँउदका अनुसार डोटीको ऐतिहासिक पर्यटकिय स्थल दिपायल मठ क्षेत्रमा आयोजना हुने महोत्सव १३ दिनसम्म चल्नेछ ।

फागुन १३ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि महोत्सबव स्थल, स्वागत द्वार, अतिथिहरुलाई निमन्त्रणा, स्थानीय संस्कृति प्रस्तुतिका लागि सबै पक्षलाई पत्राचार गरिसकेको चेम्बर अफ कमर्शका सचिव तेज डुम्रेलले बताए ।

भम्रण वर्ष २०२० लाई लक्षित गर्दै नियमित कार्यक्रमअनुसार महोत्सवको आयोजना गरेको सचिव डुम्रेलले बताए ।

उनका अनुसार महोत्सवमा चर्तित राष्टि«य तथा स्थानीय कलाकारहरुको प्रस्तुति, ६० वटा स्थलहरु राखिएको छ । महोत्सवको मुख्य आकर्षकका रुपमा प्यारागराईडिङ, सेती नदीमा र्याप्टिङ, डोटीका स्थानीय परिकार, रमाईलो मेला, स्थानीय झाँक्री, घरेलु उत्पादन प्रदर्शनी तथा विक्री वितरण, कृषि प्रदर्शनी रहने जनाइएको छ ।

महोत्सवमा १ करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।

प्रकाशित समय १०:०२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु