fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ राज्यमन्त्री झाले राजीनामा फिर्ता लिने

राज्यमन्त्री झाले राजीनामा फिर्ता लिने

प्रदेश २ की भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल झाले राजीनामा फिर्ता लिने भएकी छन् । राज्यमन्त्री झाले गत माघ १४ गते पदबाट राजीनामा दिएकी थिइन् ।

पार्टीको आग्रहमा उनी राजीनामा फिर्ता लिन तयार भएकी हुन् । उनी राष्ट्रिय जनता पार्टी (राजपा)बाट राज्यमन्त्री बनेकी हुन् । सरकारमा रहँदा पनि मन्त्रीले कुनै किसिमको जानकारी दिने नगरेको, राज्यमन्त्रीको अधिकार नदिएको, सम्पूर्ण काम मन्त्री आफैंले गर्ने गरेको भन्दै उनले राजीनामा दिएकी थिइन् ।

अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुरले नै राज्यमन्त्री झालाई राजीनामा फिर्ताका लागि सहमत गराएको राजपाले जनाएको छ । राज्यमन्त्रीको अधिकार दिने विषयमा ठाकुरले मन्त्री जितेन्द्र सोनल र राज्यमन्त्री झाबीच सहमति गराएपछि उनी राजीनामा फिर्ता हुने भएको हो । राजपाका संसदीय दलका नेतासमेत रहेका मन्त्री सोनलसमक्ष राज्यमन्त्री झाले राजीनामा बुझाएकी थिइन् ।

प्रकाशित समय १८:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु